२० असार, २०७९
    {
समाज / सुदूरपश्चिम प्रदेश

प्रेस स्वतन्त्रतामाथि हनन हुने गरी पत्रकार विवशलाई पक्राउ गर्ने प्रहरीमाथी प्रदेश पत्रकार महासंघको माग

  • पुलेसो
  • २०७९ असार ०८ बुधबार
प्रेस स्वतन्त्रतामाथि हनन हुने गरी पत्रकार विवशलाई पक्राउ गर्ने प्रहरीमाथी प्रदेश पत्रकार महासंघको माग

कञ्चनपुर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले समाचार संकलनका बेला कञ्चनपुरका पत्रकार रनी विवशलाई पक्राउ प्रकरण निन्दनिय भएको जनाएको छ ।

पत्रकार महासंघ सुप प्रदेशले एक प्रेस विज्ञप्ती जारी गरेर पत्रकार रनी विवशलाई पक्राउ प्रकरण निन्दनिय भएको जनाएको हो । 

सोमबार साँझ महेन्द्रनगरमा भएको आगजनीको घटनामा समाचार संकलन गर्न गएका पत्रकार विवसमाथि दुर्व्यवहार र बिना कारण पक्राउ गरी गैर न्यायिक हिरासत पु¥याउने प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नामाथि कार्बाहीको माग अघि सारेको छ । 

पत्रकार महासंघले जारी गरेको विज्ञप्तीमा समाचार संकलनका क्रममा आगजनी भएको स्थानमा पुगेका पत्रकार विवसमाथि सार्वजनिक शान्तिको बिरुद्ध अपराध गरेको आरोप लगाँदै विना कारण प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाको भत्र्सना गरेको छ । प्रहरीलाई घटनाको बारेमा सोधपुछ गर्ने वित्तिकै प्रहरीले आवश्यक दुःख दिने र पक्राउ गर्ने कार्य निन्दनिय र गैर कानुनी समेत भएकोले घटनामा संलग्न प्रहरी अधिकृतलाई कारवाही गर्न प्रहरी प्रशासन समक्ष जोडदार माग गरेको छ । पत्रकार महासंघ सुप प्रदेशका महासचिव राम ठगुन्नाले हस्ताक्षरित गरिएको विज्ञतीमा अब उप्रान्त यस्ता घटना नदोहो¥याउन चेतावनी दिएको छ । 

समाचार संकलनको दौरान घटनास्थलमा उपस्थित पत्रकारले आफ्नो परिचय दिदादिदै प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले विना कारण पक्राउ गरेको घटनाले राज्यले शान्ति सुरक्षा गर्नुको सट्टा स्वयं आतङ्क फैलाउने कार्यमा उद्धत भएको महशुस भएको महासंघको ठहर छ । मंगलबार पत्रकार महासंघ कञ्चनपुरको ज्ञापन पत्र बुझ्दै प्रहरी प्रमुख श्याम सिह चौधरीले घटना बारे क्षमायचना गर्दै दोषि प्रहरी निरीक्षक ठगुन्नामाथि कार्बाही गर्ने आवश्वासन दिएका छन । आगलागी भएको डिस्ट्रीब्यूटरको मुचुक्का उठ्यो कि ? उठेन भन्ने प्रशन गर्दा प्रहरी निरीक्षक ठगुन्नाले पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै गाडीमा हुलेर हिरासत पु¥याएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा