१५ वैशाख, २०८१
    {
गण्डकी प्रदेश / समाचार

पोखरा बसपार्क व्यवस्थित गरिँदै

  • पुलेसो
  • २०८० असोज १९ शुक्रबार
पोखरा बसपार्क व्यवस्थित गरिँदै

कास्की - पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा दुई सय पाँच रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्याइएको जमिनमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् । बसपार्कको जमिन लामो समयदेखि अव्यवस्थित रहेकामा पोखरा महानगरपालिकाले पछिल्लो समय यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ ।

चालु आर्थिक वर्षदेखि बसपार्क व्यवस्थित बनाउन अघि बढेको हो ।सधैँ हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्कभित्र रहेका यातायात व्यवसायीका काउन्टर तथा ग्यारेज र अटो पार्टस्का पसल हटाइएका छन् ।

बसपार्कलाई तत्काल अल्पकालीन र विस्तारै दिगोरूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सिनाले बताए ।उनका अनुसार बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेकामा साउन पहिलो सातादेखि सबै बसले आफ्नो सेवा बसपार्कबाटै दिने गरी व्यवस्था गरिएको छ । अहिले बसपार्कभित्रको जमिनमा खाल्डाखुल्डी पुरेर समथर बनाइएको छ ।

बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । तिमिल्सिनाले भने, “पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई विस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पूरै जमिनमा बसपार्क बनाउनु पर्दछ ।”

बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उनले बताए । यसको व्यवस्थापनमा कयौँ चुनौती रहेका भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको उनले बताए ।

नगरप्रमुख धनराज आचार्यले पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माणको योजना रहेको बताए । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुट्याइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उनले बताए ।

मुलुककै दोस्रो ठूलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठूला गरी दैनिक हजारौँ सवारीसाधान देशभरिका लागि छुट्ने गर्दछन् । महानगरले बसपार्क अगाडिको सडकमा पार्किङसमेत अहिले निषेध गरेको छ ।

 

यसअघि लामो तथा छोटो दूरीका बस सडकमै पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले बसपार्क अव्यवस्थित र कुरुप देखिँदा पोखराको सौन्दर्यमाथि प्रश्न उठेपछि बसपार्क वरपरको सडकमा पार्किङ हटाइएको हो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो...

काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो हुलाक टिकट

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य