१६ वैशाख, २०८१
    {

सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सुरू, अब तीन-तीन मिनेटमा बस छुट्ने

  • पुलेसो
  • २०८० मंसिर १० आइतबार
सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सुरू, अब तीन-तीन मिनेटमा बस छुट्ने

सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सुरू, अब तीन-तीन मिनेटमा बस छुट्ने

काठमाडाैँ । भक्तपुरको सूर्यविनयकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुत बस सेवा आजबाट पुनः सुरू भएको छ।

सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आजबाट सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

उनका अनुसार पहिले २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपिएको छ।

कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन-तीन मिनेटमा सूर्यविनायकबाट द्रूत सेवाका बसहरू छुट्ने छ। जबकि यसअघि पाँच-पाँच मिनेटको अन्तरमा बसहरू छुट्ने गर्थ्यो।

यस्तै बस छुट्ने समय तालिकामा पनि परिवर्तन गरिएको छ। यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकोमा अबदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म सेवा सञ्चालन हुने अध्यक्ष स्वाँर बताउँछन्। बेलुकी पनि साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन गरिने उनले जनाए।

अर्को भनेको मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि ठाउँ छुट्याउने काम पनि यसपटक गरिने स्वाँर बताउँछन्। धेरै जाम हुने कोटेश्वर, बानेश्वर जस्ता मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि तीस मिटर ठाउँ छुट्याइने उनले बताए।

'यस्ता मुख्य जक्सनहरूमा कोन राखेर तीन मिटर जति खालि ठाउँ छुट्याइन्छ। जसले गर्दा जाम हुने समयमा पनि उक्त ठाउँमा अन्य सवारी साधन जान पाउँदैनन् र द्रूत बस त्यहाँ गएर रोकिन पाउँछन्। यसले गर्दा जाम खुल्न साथ द्रूत बस अगाडि जान पाउँछन्,' अध्यक्ष स्वाँरले भने।

गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रूत बस सञ्चालनमा ल्याइएपछि कार्यान्वयनमा समस्या आएपछि एक महिना नबित्दै सेवा बन्द भएको थियो।

त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी लगायत सरोकारवाला अधिकारीहरूबीच पटक-पटकको छलफलपछि आजबाट सेवा पुनः सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा...

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने