काठमाडौँ - नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकका लागि फिफा वर्ल्ड कप प्याकेज उपलब्ध गराउने भएको छ।
मङ्सिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न निर्धारित करसहितको शुल्क ५६५ रुपियाँ ग्राहकले घरमै बसेर खरिद गर्न सकिने टेलिकमले जनाएको छ। यसका लागि वल्र्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’मा क्लिक गरी आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ।
त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ। सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिने नेपाल टेलिकमले जनाएको हो। सो प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकलाई कम्पनीका तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटासमेत निःशुल्क उपलब्ध हुनेछ।
विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ।
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमामा अवस्थित क्षेत्र नं ‘क’ केन्द्रमा...
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...
काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...
प्रतिक्रिया