Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाजहिउँपहिरोमा परी तीर्थ यात्रा गएका ३ जना बेपत्ता

हिउँपहिरोमा परी तीर्थ यात्रा गएका ३ जना बेपत्ता


जाजरकोट – माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् ।

टेलिफोन सम्पर्क हुन नसक्ने  माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् ।बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्य पहाडीले  जानकारी दिए ।

डोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले घटना पुष्टि गर्दै हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको बताए ।विष्टले भने डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । ‘अहिले जाँदा फेरि अर्को दुर्घटना हुनसक्छ । अब हिउँ नपग्लिएसम्म खोज्न जान सकिँदैन  ।




तपाईको प्रतिक्रिया दिनुहोस