Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाजधनगढी उप–महानगरका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव हावाहुरी पिडितलाई दिने

धनगढी उप–महानगरका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव हावाहुरी पिडितलाई दिने


धनगढी -धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले एक दिनको तलव रकम पर्सा र वाराका हावा हुरी पिडितलाई दिने निर्णय गरेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानवीय संकटमा मलम लगाउनका लागि एक दिनको तलव दिने निर्णय गरेको बताए । उनले भने,संकट परेका बेला सहयोग गर्नु मानवीय धर्म हो । नगरप्रमुख वडले पर्सा र वाराका हावाहुरी पिडितका लागि जे जती सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन नगरबासी र धनगढीका क्रियाशिल संघसंस्थाहरु संग आग्रह समेत गरेका छन् ।

धनगढी उप–महानगरपालिकाकामा जनप्रतिनिधी र कर्मचारीहरु झण्डै ३ सय भन्दा बढी रहेका छन् । नगरप्रमुख वडका अनुसार एक दिनको तलव मात्रै हावाहुरी पिडितलाई दिएमा अढाई लाख भन्दा बढी हुन जान्छ । नगरप्रमुख वडले बुधवार नै प्रकृया अगाडी बढाउन लेखालाई निर्देशन दिएको बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस