Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचार/बहसनयाँ प्रविधि र प्रभाब (लिला ,नितेश र म)

नयाँ प्रविधि र प्रभाब (लिला ,नितेश र म)


शशि ठकुरी 

सदा झै आज पनि एका बिहानै ओछ्यानमै बसेर नितेशले मलाई फेसबुक बाट म्यासेज पठायो । नितेशको विवाह यहि बर्ष गएको मंसिरमा लिला सँग भएको थियो । लिला र म एउटै अफिसमा काम गर्छौ । १ दिनको कुरा हो, लामो समय पछि म र लिला १५ दिनको बिदा लिएर घर तिर लाग्यौं । उसको बिराटनगर र मेरो धनगडिको प्लेनको टिकट थियो । प्लेन को यात्रा भएर होला हामि चाडै घर पुग्यौं ।

म घर पुग्दा सधै बाबा को फेसबुक चेक गर्छु किनकि बाबा सँग मेरो पुरानो पुरानो साथि र आफन्तहरु थिए । बाबा मार्फत मलाई मेरा साथिहरुको हालचाल बुझ्न सजिलो हुन्थ्यो । फेसबुक चलाउँछु तर सोसल मिडियामा धेरै आउन र धेरै साथि बनाउन रुचाउदिन म ।

उता लिलाले मेरो भन्दा ठिक बिपरित खेपिरहेकी छे । लिलाको श्रीमान धेरै संकालु छन् ।लाग्छ हरेक दिन आफ्नी श्रीमतीको मोवाईल फोन चेक गर्नु अनि अर्काको श्रीमती, बुहारी, छोरी बहिनीलाई फेसबुक म्यासेन्जरबाट हरेक बिहान Hi Dear..,Good Morning …How Are You र हरेक साझँHello Dear ..Good Night & Sweet Dream भन्नु उसको नित्यकर्म नै बनि सकेको छ । आफ्ना घरका नारीहरु परिवारमुखि बनुन भन्ने चाहान्छ रे नितेश । उनीहरु उठ्ने, बस्ने, खाने, सुत्ने, बोल्ने, हाँस्ने सम्मको मापदण्डको कठघेरा निर्धारण गर्छ रे । महिलालाई एउटा स्थिर र विषाद्पुर्ण जीवनको मापन गर्ने अधिकार पुरुष अथवा आफूलाई मात्र छ भन्ने बुझेको छ उसले । एक शिक्षित पुरुष हो तर उसको ब्यवहार शिक्षित जस्तो छैन ।

घर पुगेको दोस्रो दिन बिहान ५ बजे तिरको कुरा हो। लिलाको फोन आयो उसले हतार हतारमा फेसबुक खोल यदि कसैले फेसबुकमा Request पठाएको भए Accept गरेर कुरा गर्न थालिहाल भनि । म मा एक किसिम को डरको साथसाथै हजारौँ प्रश्नले जन्म लियो । म पनि हतारिदै उठे आखाँ मिच्दै फेसबुक खोले नभन्दै बर्षौ पछि एउटा Request आएको थियो तर त्यो केटीको नाममा थियो । मैले प्रोफाईल खोलेर हेरे त्यहाँ देश देखि विदेश सम्मका मोडेल हरुका फोटोले भरिभराउ थियो ।

सोचे Accept गरिदिन्छु । नभन्दै उता बाट हाई आयो मैले पनि हेलो भनि दिए । दिन बित्दै गए उ सँगको कुरा बाक्लिदै गयो किनकि लिलाले मलाई पहिला नै भनिसकेकी थिइ पक्कै पनि नितेश नै हो हिजो राति म सुतिसक्दा पनि मेरो फोन उसैको हातमा थियो भनेर । त्यसैले मेलै पनि कुरा गर्न रोकिन ताकि नितेशलाई समय घरपरिवार र नयाँ प्रविधिको दुरुपयोगको बारेमा केहि सुझाब दिन सकु ।

आफ्नो मनमा लागेका कुरा र स्टिकर पठायो । आफ्ूलाई सर्वश्रेष्ठ मान्दै नारीलाइ बिचरा हुन्छन भन्ने ठानेर आफूलाई मेरो नजरमा सबै कुरामा अब्बल देखाउदै कसरी आफू तिर आर्कषण गराउन सकिन्छ त्यतैतिर लाग्यो ऊ । फोटोमा सुन्दर देखिने नारीहरुलाई खोजि खोजि एड गर्छ रे, उनिहरुको नाम, ठेगानाको प्रसंशाबाट अन्त्यमा भेट्ने घुम्ने प्रस्ताव राख्न समेत पछि पर्दैन रे नितेश ।

उसले यसरी भेट्रने प्रस्ताव राख्दा म पनि रनभुल्लमा परे के भन्ने के नभन्ने दिन र ठाउँ फिक्स गर्न समेत पछि परेन ऊ । लिला लाई फोन गरेर सोधे फिक्स गरिदिऊ म पनि । उसले हुन्छ भनि म ढुक्क भए । बिदा पनि सकियो । लिलाको र मेरो अफिस हाजिर हुने दिन एउटै थियो । हामि एउटै दिन हिडेयौ घर बाट । म अफिश चाडै पुगे तर लिला अलि ढिला । नितेश पनि लिलालाई छोड्न काठमाडौँ पुग्नुको कारण कसैलाई भेट्नु थियो उसले । लिला सँग झुटो मायाको नाटक गर्दै उ घर जाने बाहाना मा Airport तिर लााग्यो ।

एकैछिन पछि मेरो मोबाईलको घण्टी बज्यो नितेश को फोन रहेछ। भोलि कति बजे भेट्ने कान्छु भनेको सुन्दा मैले हासो थाम्न सकिन । लिलाले मन भारी र आखाँ रात्तै बनाएकी थिई उसले । मैले खै कहाँ भेट्ने भन्दा उसले भोलि बिहान ९ बजे रत्नपार्क बोलायो , लिला रातभरी सुत्न सकेकी थिईन किनकि जसको लागि भनेर घरपरिवार छोडेर आएकी थिई उसैले छलेपछि कसको के नै लाग्छ र ? ।

लिला र म भोलि बिहान नयाँ स्पोर्ट ड्रेस किन्ने बाहाना मा अफिस बाट निस्कियौ । नगरकोट देखि रत्नपार्क पुग्न सम्म मैले भगवान सँग प्राथना गरिरहे नितेश र लिलाको जोडि माथि कसैको गिद्दे नजर नलागोस् भनेर । मनमा एक किसिमको डर पनि थियो कहि लिलाले नितेशलाई छोडिदिने होकि ? किनकि लिला मौन थिई । केहि समय पछि हामि रत्नपार्क पुग्यौं । आज मेरो स्कुटर लिलाले चलाएकी थिइ मुख पुरै छोपेको र टाउकोमा हेलमेट त्यसैमाभि स्पोर्ट डेस कसले चिन्न सक्ने लिलालाई अब । मेरो झन कुरै नगरौ किनकि टाउको र अनुहार नछोपि बैंक समेत नछिर्ने मान्छे ।

रत्नपार्क गेट अगाडि स्कुटर टक्क रोकियो । लिला ले देखाउदै भनि ऊ त्यहि हो फोन गरेर जाउ उसले भनि । नभन्दै उसको फोन आयो ऊ हात मिलाउन खोज्दै थियो मैले नमस्ते गरे । उसले सोध्यो तिमि एक्लै आएको ? मैले भने हैन । मेरो बेस्टु पनि छ साथमा उसको नाम लिला हो जान्न भन्थ्यो बिचरालाई मैले जर्बजस्ती ल्याएको । लिला नाम सुन्ने बित्तिकै नितेश पुरै हच्कियो ।

लिला लाई मैले बोलाए र उसले रिसाउदै नितेशलाई भनि, नमस्ते पति परमेश्वर तपाई त हिजै घर पुगिसक्नु भएको हैन र ? नितेश मौन थियो जवाफको लागि ऊ सँग केहि थिएन । १०/१५ मिनेट सम्म लिलाले गालि गरिरहदा पनि नितेश मौन थियो । लिालालाई यति धेरै दुखि र रिसाहा मैले पहिलो पटक देखेको भएर म पनि शब्दहिन भएकी थिए । नितेशले पनि सायद पहिलो पटक चाख्दै थियो होला उसको गालि ।

नितेशले लिलाको त्यो पबित्र मायाको आभाष गरेर नै होला एक्कासी लिलाको अगालोमा बाधियो र उसले सरी भन्यो।नितेशले म तिर हेर्दै भन्यो साथि त तिमि जस्तो हुनुपर्छ जसले आफ्नो समय नस्ट गरेर भए पनि मेरो आखाँ खोलि दियौ ।

त्यो कुरा छोड लिला र मलाई तिमि नै हौ भन्ने कुरा पक्का थियो किनकि तिमिले मलाई पहिलो दिनमा नै भ्वइस म्यासेज पठाएको थियौ मैले भने । लिला को हात आज नितेशले बेस्सरी समातेको थियो आशा थियो मलाई त्यो साथ र हात कहिल्यै छुट्ने छैन । नितेशले जिस्किदै भन्यो  अनि तिमि कहिले बिहे गर्छौ कति भाग्यमानी होला है तिमी जस्तो पबित्र मन भएको मान्छे पाउदा रु

मैले पनि मुस्कुराउदै भने १ सायद त्यसै कटेको हैन होला ८/९ बर्ष । लिालाको अनुहारमा छुटै खुशि देखिएको थियो आज । लिलालाई मैले जिस्किदै भने नितेश सँगै बिराटनगर हो कि नगरकोट तिर लाग्छौँ ? उसले हत्तारिदै भनि जाउँ ढिलो हुन्छ हामि छुट्टियौ नितेश बिराटनगरको लागि Airport , लिला र म नगरकोट तिर लाग्यौ।




तपाईको प्रतिक्रिया दिनुहोस