Techie IT
×
१५ असोज, २०७७, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचित्र संसारअचम्मको बालक जो आखाँमा पट्टी कसेर मान्छेको तस्बिर अङक र रङग चिन्न बताउछन

अचम्मको बालक जो आखाँमा पट्टी कसेर मान्छेको तस्बिर अङक र रङग चिन्न बताउछन


काठमाण्डौं – नेपालमै भेटीएका यस्ता बालक जो आखाँमा पट्टी कसेर पनि हात्ले छामेको भरमा पढ्न,मान्छेको तस्बिर चिन्न र अंकहरु चिन्न सक्छन । रवि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगमा फरक प्रतिभा भएका एक बालकलाई ल्याएका छन् थिए ।

कपिलवस्तुका अविरल पोखेरल जो ११ बर्षका मात्रै छन्, उनले आँखामा पट्टी बाँधेर नै सबै कुरा थाहा पाउँन सक्छन् । उनको अचम्मको प्रतिभा यस्तो छ कि उनको आँखा बन्द गरिदिए पनि उनले आफ्नो हातको बुढी औँलाले छामेर सबै कुरा पढ्न सक्छन् ।

यति मात्रै होइन, उनले आँखा बन्द गरेर छामेर नै रंगहरु पनि चिन्न सक्छन् । मान्छेको तस्विर चिन्न सक्छन् । रवि लामिछानेले कार्यक्रममा लाइभ उनको आँखामा पट्टी बाँधिदिएर रंग चिन्न लगाए, उनले सबै रंगहरु चिने । कागजमा लेखेका अक्षरहरु हातले छामेर खरर पढिदिए । त्यस्तै तस्विर छामेर कसको हो भनिदिए ।

उनले खेलकुदका बारेमा आफ्नो ज्ञान नभएको भनेर सन्दिप लामिछाने र चर्चित फुटबलर मेस्सीलाई चिन्न सकेनन् तर उनले तिनीहरुको तस्विरमा भएका कपडाको रंगहरु मज्जाले भनिदिए ।

के यस्तो हुन सम्भव छ रु ? सुन्दा यस्तो हुन असम्भव जस्तो लाग्छ तर यस्तो हुन सम्भव छ ।

 

https://youtu.be/a-qkUWYzCUo

 

 

 




तपाईको प्रतिक्रिया दिनुहोस