१६ वैशाख, २०८१
    {
राजनीति / अन्तराष्ट्रिय / समाचार

अमेरिका–चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ: राष्ट्रपति सि

  • पुलेसो
  • २०८० असोज २३ मंगलबार
अमेरिका–चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ: राष्ट्रपति सि

बेइजिङ - चिनियाँ राष्ट्रपति सि जिनपिङले सोमबार चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताए । 

बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उनले सो कुरा बताएका हुन् । वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुन्  ।

“परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्नेछ”, बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुमरसँगको भेटमा सिले भने ,“हामीसँग चीन–अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि एक हजार कारण छन् भनेर मैले थुप्रै राष्ट्रपतिसँग धेरै पटक भन्दै आएको छु ।”

उनले चीन–अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताए । जवाफमा सुमरले राष्ट्रपति सिसँग भने, “हाम्रा मुलुकहरूले यो शताब्दीलाई आकार दिनेछन्, त्यसैले हामीले हाम्रा सम्बन्धलाई जिम्मेबार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्छ ।” पछि सुमरले पत्रकारहरूसँग राष्ट्रपति सिसँग तोकिएको भन्दा दोब्बर ८० मिनेट कुराकानी भएको बताए ।

यसअघि चीनका विदेशमन्त्री वाङ यीले वासिङ्टन र बेइजिङले आफ्ना मतभिन्नताहरूलाई ‘तर्कसङ्गत’ व्यवस्थापन गर्नसक्ने आशा व्यक्त गरेका थिए । 

 

दियाउती स्टेट गेस्टहाउसमा सुमरसँगको भेटमा वाङले सिनेट प्रतिनिधिमण्डलको भ्रमणले दुई मुलुकबीचको मतभिन्नताहरूलाई तर्कसङ्गतरूपमा व्यवस्थापन गर्न र दुई मुलुकबीचको सम्बन्धलाई स्वस्थ विकासको मार्गमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेको बताए । एएफपी

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा...

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने