०८ जेठ, २०८१
    {
राजनीति / सुरक्षा/अपराध / समाचार

देश र जनताको सेवामा समर्पित हुन गृहमन्त्रीको निर्देशन

  • पुलेसो
  • २०८० असोज २१ आइतबार
देश र जनताको सेवामा समर्पित हुन गृहमन्त्रीको निर्देशन

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दि एका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्ति सुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति बदलिँदो परिस्थितिअनुरूप आफूलाई ढाल्नुपर्ने बताए ।

प्रविधि एवं आर्थिक समस्यासँगै बढिरहेको सुरक्षा चुनौतीलाई परास्त गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै देश र जनताका निम्ति योगदान गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिए।प्रहरी कर्मचारीको क्षमता वृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताउँदै गृहमन्त्रीले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा परिचालन हुने विशेष दस्ताका रुपमा विकास गर्न चाहेको जानकारी दिए । प्रतिकूल परिस्थितिमा देश र जनताको सेवामा हरहमेसा समर्पित हुन दीक्षित प्रहरी निरीक्षकहरुलाई उनले निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरकारबाट प्राप्त निर्देशन अक्षरशः पालना गर्दै सङ्गठनलाई अघि बढाउन प्रतिबद्ध रहेको बताए । उनले तालिम प्राप्त जनशक्ति सङ्गठनको उद्देश्य प्राप्तिमा उपयोगी हुने विश्वास व्यक्त गरे।

 

४९ जना सशस्त्र प्रहरी निरीक्षक दीक्षित
आज राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरीका ४९ जना निरीक्षक दीक्षित भएका छन् । विभिन्न तीन चरणमा भएको तालिममा पाँच जना महिलासहित ४९ जनाको सहभागिता थियो । तालिम ५६ सातासम्म सञ्चालन भएको थियो । आज तालिम पूरा गरेका सबै जना आजैदेखि कार्य क्षेत्रमा खटिएका छन् ।

तालिमका उत्कृष्ट स्थान हासिल गरेका प्रहरी निरीक्षकहरू ज्ञानचन्द्र पराजुली, पुष्करबहादुर बम, एजन खड्का र रोशन घिमिरेलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित...

काठमाडौँ  - इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको...

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत

धान रोपाइँका समयमा रासायनिक मलको अभाव...

काठमाडौँ -  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

नेपाली कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ...

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लोकतान्त्रिक अभ्यासको अनुसरण गरी संसद्को गतिरोध अत्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

  • पुलेसो
  • २०८१ जेठ ०७ सोमबार
  • नेपाली कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल

    राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित...

    काठमाडौँ - राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताए   । 

    सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध...

    राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष दाहाल