०८ जेठ, २०८१
    {
समाज / समाचार

छोएन चुनावले कार्की दम्पतीलाई

  • पुलेसो
  • २०७९ मंसिर ०४ आइतबार
छोएन चुनावले कार्की दम्पतीलाई

काठमाडौँ - बर्दिया ठाकुरद्वार-९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहेका थिए । उनलाई सघाउँदै श्रीमति नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै थिईन् ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पत्ती बेखबर नभए पनि मतदानको अवसर पाएका छैनन। बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै छन् उनीहरु मुलुक चलाउने सिंहदरबार नजिकै । “भरपेट खाएर आनन्दको निद्रा सुत्नु छ”, कार्की दम्पत्तीले एकै स्वरमा सुनाए ।

निर्वाचनकै दिन आज सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रम व्यस्त छन् । उनीहरुलाई हामीले सोध्यौँ, “भोट हाल्न किन नजाउनुभएको ?उनले भने,”“मतदाता नामावली गाउँतिरै छ, यता शहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाउँ भनेर कसैले भनेन् । कसैले खबर गरेको भए जाने थियौँ ।”

बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आएका छन्। भोट हाल्न गाउँ नगइ राजधानीमा सङ्घर्षरत कार्की दम्पतीले दैनिक रु एक हजार आठ सयदेखि रु दुई हजारसम्म आम्दानी गर्छन् ।“छोराछोरी हुर्काइयो पढाइयो तर अहिले ठूला भएपछि छुट्टिएर बसेका छन्”, कार्कीले भने, “हामी बुढाबुढीलाई पेट पाल्न मजदुरी गर्नुपरेको छ ।”कार्कीलाई यसपटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन । तर मेसो नमिलेको उनको भनाइ छ ।

कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्यूँ गाउँपालिकाकी बर्मा धामीको पनि छ । मुलुकभर मतदान चलिरहेका बेला उनी भने काठमाडौँको रामशाह पथमा पिठ्यूँमा गह्रौ झोला बोकेर हिँडिरहकी थिईन् । उनीलाई पनि गाउँ गएर आजको दिन भोट हाल्ने रहर थियो । तर आफ्नै समस्याका कारण गाउँ जान सकिनन् ।“पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिन, घर जान धेरै पैसा लाग्छ,” उनले भनिन्, “कसैले जाउँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ।”

धामी पुतलीसडकमा रहेको आफन्तकहाँ बस्दै आएकी छन् । चुनावका दिन गाडी नचल्ने भएपछि उनले ललितपुरको टीकाथलीसम्म पुग्न पैदल हिँडेको सुनाईन्   ।“आज गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्योहोला”, उनले  भनिन्, “तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।”

धामी जस्तै रामेछापका सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर पैदलै हिँडिरहेका थिए । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आएका रहेछन् । भद्रकाली मन्दिरमा दर्शन गरी फर्कँदै गरेका उनीहरुले बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताए ।

निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन विहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको छ । सञ्चारमाध्यम, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन् । यो सङ्ख्या आयोगले कार्की दम्पती जस्ता मतदान गर्न नपाएकाहरुलाई पनि गणना गरेको छ । केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट बञ्चित भएका छन् ।

 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली ऐनले निजामति कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, दर्ता भएर सञ्चालन भएका बृद्धाआश्रमलाई समेटेको भए पनि पेशा व्यवसाय गरेका सर्वसाधारणलाई समेटन सकेको छैन ।

अन्तर्राष्ट्रिय अभ्यासमा कुनै स्थानमा तीनदेखि छ महिनासम्म नियमित रुपमा जुन स्थानमा बसोबास गरेको हो, त्यही स्थानबाट मत दिने व्यवस्था गरिएको हुन्छ । तर, हाम्रोमा निर्वाचन कानूनमा सुधार नगरी यस्तो प्रबन्ध गर्न नसकिएको सहायक प्रवक्ता अर्यालको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित...

काठमाडौँ  - इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको...

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत

धान रोपाइँका समयमा रासायनिक मलको अभाव...

काठमाडौँ -  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

नेपाली कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ...

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लोकतान्त्रिक अभ्यासको अनुसरण गरी संसद्को गतिरोध अत्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

  • पुलेसो
  • २०८१ जेठ ०७ सोमबार
  • नेपाली कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल

    राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित...

    काठमाडौँ - राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताए   । 

    सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध...

    राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष दाहाल