Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठपत्रपत्रिका बाटआत्मसमर्पण गर्ने एसएसपी खत्री पुर्पक्षका लागि थुनामा

आत्मसमर्पण गर्ने एसएसपी खत्री पुर्पक्षका लागि थुनामा


साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्याका अरोपी एसएसपी श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि जेल पठाइएको छ । बिहीबार थुनछेकको बहस नसकिएपछि उनलाई मोरङ जिल्ला कारागार पठाइएको हो ।

 

खत्रीले किन गरे आत्मसमर्पण ? 
तस्करीको साँढे ३३ केजी सुन र सनम शाक्य हत्या अभियोगमा नेपाल प्रहरीका पुर्वडिआईजी गोविन्द निरौलादेखि एसपी बिकासराज खनाल र डिएसपी संजय राउतसम्म पक्राउ परेपछि एसएसपी खत्री एकाएक भुमिगत भएका थिए । सरकारबाट गठित पौडेल समितिले छनविन अझ कसिलो बनायो ।

 

खत्री खुला सिमानाको फाइदा उठाउँदै भारतको देहरादुन गए । केही महिना उतै लुके । तर, उनले त्यहाँ पनि आफुलाई असुरक्षित महसुस गरे । किनभने गायब भएको भनिएको सुन भारतीय तस्कर समुहकै थियो । उनले सोही समुहबाट आफुमाथि ‘थ्रेट’ महसुस गरे । तैपनि नेपाल आउने हिम्मत गर्न सकेनन् ।

 

त्यही क्रममा गोरे पक्राउ परे । बयानमा गोरेले खत्रीलाई पोले । त्यसपछि नेपाल प्रहरीमा खत्रीविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न दबाब प¥यो। नोटिस जारी भए खत्री भारतीय प्रहरीबाट जुनसुकै बेला पक्राउ पर्न सक्थे । यो विषयमा उनी जानकार थिए ।

 

त्यसैले उनी एक साताअघि देहरादुनबाट सुटुक्क नेपाल छिरे । काठमाडौं आई आफन्तकहाँ लुकेर बस्न थाले । तीन दिनअघि पौडेल समितिले यसको सुइँको पायो । लगतै समितिले उनको लोकन्थलीस्थित निवासदेखि आफन्तको घरमा छापा मार्ने कामलाई तिब्र बनायो ।

 

दवावमा रहेको नेपाल प्रहरीले खत्री विरुद्ध बुधवार डिफ्यूजन नोटिस जारी ग(यो । अब उम्कने ठाउँ कतै नदेखेपछि अन्ततः खत्री अदालतमा आत्मसमर्पण गर्ने ‘मुड’मा पुगे । यसका लागि विरिष्ठ अधिवक्ता हेमराज पन्तलाई अदालतको प्रकृया मिलाउन भने । विहीवार खत्री पन्तकै पछि लागेर पत्नी उमासँगै मोरङस्थित जिल्ला अदालत पुगेर अत्मसमर्पण गरे ।

 

खत्रीले बयानमा के भने ?
एसएसपी खत्रीले अदालतमा संक्षिप्त बयान दिएका छन् । ८ पुष्ठमै सवाल जवाफ सकियो । उनले सुन तस्करीमा आफ्नो संलग्नता नहरको र गोरेसँग सम्बन्ध नभएको बयान दिएका छन् । उनले अफू फरार नभएर, साथीको बहिनीको बिहेमा विदामा गएको र त्यहीँ ढाड दुख्ने समस्याले च्यापेपछि देहरादुनमा उपचार गराएर फर्किएको बताएका छन् ।

 

उनले आफ्नो कार्यकक्षमै सुन जिम्मा लिएर पास गराउन भूमिका खेलेको भन्ने आरोपको खण्डन गरेका छन् । आफूलाई फसाइएको उनको बयान छ ।

 

तर, जिल्ला न्यायधिबक्त्ता पुण्यप्रसाद पाठकले श्यामखत्री तस्करीमा संलग्न रहेका गोरे, मोहन काफ्लेलगायत सबैको बयानबाट मात्र नई प्रबिधि समेतबाट पृष्टी भैसकेकाले इन्कार गर्नुको अर्थ नभएको दाबी गरे । उनले एसएसपी खत्रीलाई तारेखमा छाड्न नहुने माग पनि गरेका थिए । नयाँ पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस