Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियप्रधानमन्त्री नरेन्द्र मोदीको प्रहरीमाथि आक्रमण,एक जनाको मृत्यु

प्रधानमन्त्री नरेन्द्र मोदीको प्रहरीमाथि आक्रमण,एक जनाको मृत्यु


एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सभाबाट फर्किएका प्रहरीमाथि स्थानीय एक राजनीतिक पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् । भारत उत्तर प्रदेशको गाजीपुर जिल्लामा ड्युटीबाट फर्किँदै गरेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा एक प्रहरीको ज्यान गएको छ भने अरु केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्

स्थानीय प्रहरीका अनुसार प्रहरी जवान सुरेश वत्स प्रधानमन्त्री मोदीको सभाको सुरक्षाका लागि खटिएका थिए । उनी ड्युटी सकेर फर्कने क्रममा नौनेरा क्षेत्रमा निषाद समुदायका केही मानिसले प्रदर्शन गरेका थिए, त्यही क्रममा केहीले प्रहरीमाथि ढुंगा प्रहार गरे ।

वत्स गम्भीर घाइते भएका थिए, उनको उपचारको क्रममा निधन भएको स्थानीय प्रहरीले जनाएको छ । घटनामा अरु दुईजना गम्भीर घाइते भएका छन् भने अरु केहीलाई सामान्य चोट लागेको छ । सबैको उपचार भइरहेको छ । आरक्षणको माग गर्दै निषाद समुदायका मानिसले धर्ना तथा प्रदर्शन गर्दै आएका थिए ।

प्रदर्शनकारीले शनिबार बेलुका प्रधानमन्त्री मोदीको सभा सकिएपछि कठवामोड पुलमा जाम गरेका थिए । प्रहरीले जाम हटाउने प्रयास गरेको थियो । त्यहिबेला धर्नामा रहेका व्यक्तिले प्रहरीमाथि ढुंगा प्रहार गरेका हुन् ।




तपाईको प्रतिक्रिया दिनुहोस