Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारडिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौं अाइपुग्नेः मन्त्री यादव

डिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौं अाइपुग्नेः मन्त्री यादव


खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले यही डिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौं आउने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘ढुक्क हुनुहोस्, मेलम्चीको खानेपानी काठमाडौंबासीले यही वर्षको डिसेम्बरभित्रै खान पाउँछन् ।’

विगतमा मेलम्चीको पानी काठमाडौं आउने अनिश्चित जस्तो भएपनि आफू मन्त्री भएर आएपछि यसलाई निश्चित गराएको दाबी उनले गरे। उनले थपे, ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूकै पालामा मेलम्चीको पानी काठमाडौं आउँछ, मेरै पालामा पानी आउँछ, यसमा कुनै दुई मत छैन ।’

मेलम्चीको पानी यही दशैंभित्रै ल्याउने भनिएको थियो । तर काम पूरा नभएकाले अब पुस महिनाभित्र आइपुग्ने दाबी गरिएको छ । पटक-पटक मेलम्चीको भाका सर्दै आएकाले काठमाडौंका उपभोक्ताहरु नेताहरुले भनेकै मितिमा पानी आउनेमा विश्वस्त बन्न सकेका छैनन् ।प्रधानमन्त्री देउवाले समेत राष्ट्रिय गौरवको आयोजनाको अवलोकन गरेको उल्लेख गर्दै , ‘उहाँले स्वयम् बजेटको कुनै अभाव हुँदैन भन्नुभएको छ, अब पानी काठमाडौं आउने भयो, आउने भयो, आउने भयो ।’




तपाईको प्रतिक्रिया दिनुहोस