गृहपृष्ठ ∕ समाचार ∕ एमाले सांसदद्वारा पार्टी कार्यालयमा तालाबन्दी, यस्तो छ कारण एमाले सांसदद्वारा पार्टी कार्यालयमा तालाबन्दी, यस्तो छ कारण पुलेसो २२ भदौ, २०७८, मंगलबार ८:१७ नेकपा एमाले पर्साको कार्यालयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बिचारी यादव नेतृत्वको असन्तुष्ट पक्षले तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना सुरु गरेको छ । टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालार्य प्राथमिकता नदिएकाले तालाबन्दी गरिएको सांसद यादवले बताए ।वीरगन्ज महानगरपालिका वडा नं. २० को वडाध्यक्ष पदमा रामकिशोर सिंहलाई टिकट नदिएको भन्दै उनका समर्थकले तालाबन्दी गरेका हुन्। ‘पैसाको चलखेल भएको हुन सक्छ,’ सांसद यादवले भने, ‘अब टिकटको कुरामा मनोमानी सहने कुरा आउँदैन, त्यसैले संघर्षमा उत्रिएको हो।’यसअघि जिल्लाबाट सिफारिसमा पनि नपरेका नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीलाई एमालेले वीरगन्जको मेयर पदमा उम्मेद्वार बनाउने घोषणा गरेसँगै पुराना नेता सुन्दर कुर्मीलगायतले पार्टी परित्याग गरेका थिए । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका