गृहपृष्ठ ∕ समाचार ∕ चार मन्त्रालयसहित राप्रपा प्रजातन्त्रिक सरकारमा जाने चार मन्त्रालयसहित राप्रपा प्रजातन्त्रिक सरकारमा जाने पुलेसो २२ भदौ, २०७८, मंगलबार ७:१७ राप्रपाबाट अलग भएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेको छ। सरकारमा सहभागी हुनेबारे पार्टी अध्यक्ष राणा र सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । प्रदेश २ को चुनावी तयारीका क्रममा राणा उपत्यका बाहिर भएकाले त्यसको टुंगो लाग्न भने बाँकी रहेको राप्रपा (प्रजातान्त्रिक) का नेता ठाकुरप्रसाद शर्माले जानकारी दिए।उक्त पार्टीले कम्तीमा ४ वटा मन्त्री माग गरेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको नयाँ पार्टीले स्थानीय चुनावमा भने पाङ्ग्रा चुनाव चिह्न लिने भएको छ ।चुनाव चिह्न हलो भए पनि निर्वाचन आयोगले मतपत्र छापिसकेकाले स्थानीय चुनावलाई फरक चिह्न प्रयोग गर्नुपर्ने भएको हो । त्यसपछिका अन्य चुनावमा भने पार्टीको चिह्न हलो नै हुने नेता शर्माले जानकारी दिए । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका