गृहपृष्ठ ∕ समाचार ∕ हिमाल, पहाड र तराईको सामूहिक समृद्धि नै राष्ट्रिय एकताको आधार: अध्यक्ष दाहाल हिमाल, पहाड र तराईको सामूहिक समृद्धि नै राष्ट्रिय एकताको आधार: अध्यक्ष दाहाल पुलेसो २२ भदौ, २०७८, मंगलबार ६:५६ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा हिमाल, पहाड र तराईको सामूहिक समृद्धि नै राष्ट्रिय एकताको आधार भएको बताउनुभएको छ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उहाँले आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनले मुलुकको एकता र स्वाधीनतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।सो संगठनको नेतृत्व परिवर्तनका लागि विद्यार्थीले प्रतिस्पर्धाको माध्यमलाई आधार बनाएर नयाँ प्रयोग गरेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “सर्वसम्मत नेतृत्व छनोट गर्नका लागि सहमति राम्रो विकल्प थियो, सहमतिका लागि पार्टीले सहजीकरण मात्र गर्ने हो, सहमति नै पार्टीले गरिदिने होइन भनेर प्रतिस्पर्धामा जान मैले सुझाएको थिएँ ।” अर्काे प्रसङ्गमा उहाँले शिक्षा क्षेत्रमा निजीकरणको अन्त्य गरी समाजवादी शिक्षा कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।पार्टीका नेता हितमान शाक्यले विद्यार्थी आन्दोलनले व्यावसायिक शिक्षा लागू गर्ने विषयमा सही दिशा निर्देश गर्न सक्नुपर्ने बताउनुभयो । संगठनका पूर्वअध्यक्ष रमेश मल्ल र नरेन्द्र न्यौपानेले शिक्षित बेरोजगार उत्पादन गर्ने केन्द्रका रुपमा विकास भएका शैक्षिक संस्थालाई बन्द गरी उत्पादनसँग शिक्षालाई जोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।संगठनका अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनमा देखिएका विकृति अन्त्य गरी शक्तिशाली संगठनका रुपमा आफ्नो संस्थालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा नयाँ नेतृत्वलाई शपथ गराइएको थियो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका