गृहपृष्ठ ∕ समाचार ∕ पोखराकी एक महिला व्यवसायी ४० करोड ठगेर बेपत्ता पोखराकी एक महिला व्यवसायी ४० करोड ठगेर बेपत्ता पुलेसो २१ भदौ, २०७८, सोमबार १९:१२ पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै रु ४० करोड ठगेर बेपत्ता भएकी छन् ।डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाटले भुजेलले आफ्नो रु दुई करोड ठगिएको बताउनुभयो । पन्ध्र वर्षसम्म उनीहरुसँग आपूmले लेनदेनको व्यवहार गर्दै आएकामा बेलाबेलामा लगेको पैसाको व्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आपूm विश्वासमा परेको उहाँले बताउनुभयो ।स्यांजा घर भई बगाले टोलमा बस्दै आएकी निर्मला शर्मा पराजुलीले आपूm रु ९० लाख ठगिएको बताउनुभयो । अनेक बहाना गरेपछि आपूmसँग भएको रु ८२ लाख र भाइसित मागेर रु आठ लाख निजलाई दिएको जिकिर गर्नुभयो ।यस्तै बिरौटा बस्ने गायत्री अर्यालको रु ३५ लाख र मासवारकी सुशीला सिग्देलको रु १० लाख लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताउनुभयो । भारतीय सेनाबाट सेवानिवृत्त लक्ष्मण थापा, एक छोरा र दुई छोरीसहित उनी बेपत्ता भएपछि ठगिएका महिलाले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका