Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रहरीद्धारा क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद

प्रहरीद्धारा क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद


काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको एसएसपी दिवेश लाेहनीले जानकारी दिए । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

सोमबार बिहान गाडी  चालकले स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको हो । स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीका अनुसार उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै आएको पुष्टी भइसकेको छ । तस्करीमा चिनियाँ नागरिकको संलग्नता पनि खुलेको छ।

उक्त सुन कहाँ लगिँदै थियो भन्ने खुलेको छैन । ‘अनुसन्धान जारी छ,’ एसएसपी लोहनीले भने । उनका अनुसार १/२ जना मात्र नभई यसमा संगठित गिरोह नै संलग्न रहेको शंका छ ।

प्रहरीले केही दिनअघि नै गाडीमा ठूलो परिमाणमा सुन ल्याइँदै गरेको सूचना पाएको थियो । सोहीअनुसार पिछा गर्दै जाँदा क्षेत्रपाटीबाट सुन बरामद भएको हो ।

उक्त टाटा सफारी स्ट्रोममा ‘भीआईपी’ लेखिएको स्टिकर टाँसिएको थियो । मकवानपुर स्थायी घर भएका जिप चालक मनोज अधिकारी पक्राउ परेका छन् । उनले अनुसन्धानमा असहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बरामद गरेको ३५ किलो सुन ल्याउने समूहसँग अहिलेको तस्करीको ‘कनेक्सन’ खोतल्ने प्रयास प्रहरीले थालेको छ । अनलाइनखबर डटकमबाट




तपाईको प्रतिक्रिया दिनुहोस