गृहपृष्ठ ∕ समाचार ∕ आईतबारबाट इन्द्रजात्रा सुरु, मंगलबार सार्वजनिक विदा आईतबारबाट इन्द्रजात्रा सुरु, मंगलबार सार्वजनिक विदा पुलेसो २० भदौ, २०७८, आईतबार १५:५४ काठमाडौं उपत्यकामा आईतबारबाट इन्द्रजात्रा सुरु भएको छ। काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजाताको सुरुवात गरिएको हो।भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए। यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको मानिन्छ।इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ। एक सातासम्म चल्ने इन्द्र जात्राको मुख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ । सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ ।यसै अवसरमा केन्द्रिय मानन्धर संघले पहिलो पटक ६४ जना कन्याको पूजा पनि गरेको छ । सरकारले इन्द्रजात्राको अवसर पारेर मंगलबार सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ। तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका