Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदश हजार जनालाई मार्क्सवादको अध्ययन गराइने

दश हजार जनालाई मार्क्सवादको अध्ययन गराइने


कार्ल मार्क्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले १० हजार जनालाई मार्क्सवादको अध्ययन गराउने भएको छ । नेकपा (एमाले)का उपमहासचिव एवं उक्त राष्ट्रिय समितिका संयोजक घनश्याम भूसालले धुलिखेलमा संचालित ५ दिने ‘कार्ल मार्क्स राष्ट्रिय स्कूल’ को समापन कार्यक्रममा उक्त जानकारी गराउनु भएको हो ।

उक्त स्कूलमा नेकपा (एमाले), नेकपा (संयुक्त), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेपाल र स्वतन्त्रगरी ३५० बढी युवाहरुको सहभागीता रहेको थियो । गहन छलफलका लागि उपस्थित सहभागीहरुलाई पाँचवटा समूह बनाई अन्तक्रियात्मक ढङ्गले प्रभावकारी विमर्श गरिएको थियो । अति सघन ढंगले भदौ १३ देखि १७ गतेसम्म आवासीय रुपमा चलेको उक्त स्कूलमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, ज्ञान सिद्धान्त, मार्क्सवादी नारीवाद, विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय राजनीति, बेल्ट एण्ड रोड इनिशियटिभ र नेपाल-चीन-भारतको त्रिदेशीय सहकार्य लगायतका विषयहरुमा राजनीतिज्ञ तथा विज्ञहरुबाट प्रशिक्षण र विमर्श गरिएको थियोे ।

कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीको सन्दर्भमा मार्क्सवादी विचार तथा सिद्धान्तको प्रचार प्रसार गर्न गठित राष्ट्रिय समितिले मार्क्सवादका आधारभूत सिद्धान्त एवं नेपालको कम्युनिष्ट आन्दोलनका करिब ७ दशकका अनुभव, शिक्षा र आगामी बाटो बारे नयाँ पिँढीलाई जानकारी र दिशानिर्देश गर्नु उक्त स्कूलको उद्देश्य रहेको आयोजक समितिका डा. विजय पौडेलले बताउनु भयो ।

स्कूलमा नेपाली वाम आन्दोलनका शिक्षाबारे वरिष्ठ नेताहरु मोहनविक्रम सिंह, बामदेव गौतमले बृहत समूहमा सम्भाषण दिनु भएको थियो। यसैगरी, नेपाली काँग्रेसका नेता प्रदिप गिरीले ‘कार्ल मार्क्स एवं उहाँको देन’ र चैतन्य मिश्रले ‘मार्क्सवादी अध्ययनका लागि केही सरोकार’बारे सम्भाषण दिनु भएको थियो ।

फरक–फरक कम्युुनिष्ट पार्टीमा क्रियाशील यति धेरै कामरेडहरु मार्क्सवादको अध्ययन/विमर्शका लागि एकै ठाउँमा सहभागी हुनु आफैंमा ठूलो महत्वको बिषय भएको संयोजक भूसालले बताउनु भयो । सबै घटना, समस्या र फरकपनलाई यस स्कूलमा सिकिएको मार्क्सवादी अध्ययन विधि भित्र रहेर हेर्दा समाधान गर्न सजिलो हुने सह–संयोजक एवं माओवादी केन्द्रका नेता राम कार्कीले बताउनुभयो ।

उक्त, स्कूल पुष्पलाल स्मृति प्रतिष्ठान, नेपाल अध्ययन केन्द्र, मदन भण्डारी अध्ययन केन्द्र, घनश्याम ढकाल स्मृति प्रतिष्ठान, पोष्टबहादुर स्मृति प्रतिष्ठान, कृष्णसेन इच्छुक प्रतिष्ठान र कम्युनिष्ट संग्राहलय नेपालको प्रायोजनमा सम्पन्न भएको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस