Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसुदूरपश्चिम सरकारको निर्णय : हावाहुरी प्रभावितलाई एक करोड सहयोगको घोषणा

सुदूरपश्चिम सरकारको निर्णय : हावाहुरी प्रभावितलाई एक करोड सहयोगको घोषणा


काठमाडौं  – सुदूरपश्चिम प्रदेश सरकारले  बारा, पर्सा लगायतका हावाहुरी प्रभावितका लागि  एक करोड राहत दिने निर्णय गरेको छ।

प्रदेश सरकारको मंगलबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए।

मन्त्रीपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश नम्वर २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए। यस्तै मन्त्रीपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षती र घटनाप्रति दु:ख समेत व्यक्त गरेको छ।

आइतबार आएको विनाशकारी हावाहुरीमा परेर मृत्यु भएका २७ जनामध्ये १५ जना बाराको फेटा गाउँपालिकाका थिए। उक्त घटनामा ४ सय बढी घाइते भएका थिए।




तपाईको प्रतिक्रिया दिनुहोस