गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय फुटसल लिग बिहीबारदेखि राष्ट्रिय फुटसल लिग बिहीबारदेखि पुलेसो १७ भदौ, २०७८, बिहीबार ६:०३ अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगिताको खेल काठमाडौँको चपलीहाइटस्थित चौर क्रिएस्नल फुटसल सेन्टर र बौद्वस्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा सञ्चालन हुनेछ ।लिगमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पचास हजार पाउनेछ । उक्त प्रतियोगिताका लागि करिब रु ३० लाख खर्चमा लाग्ने आयोजकले जनाएको छ ।लिग प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनोटसमेत गरिने आयोजकले जनाएको छ । एएफसी फुटसल छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म हुनेछ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका