Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारढुवानी समस्या भएपछि दूध किसानलाई दैनिक लाखौं नोक्सानी

ढुवानी समस्या भएपछि दूध किसानलाई दैनिक लाखौं नोक्सानी


दूध उत्पादन हुने मुख्य सिजनमै ढुवानी समस्या भएपछि तेह्रथुुमको छथर गाउँपालिकाका कृषक दैनिक लाखौं रुपैयाँ नोक्सान व्यहोर्न बाध्य छन् ।

सिंधुवा शुक्रवारे ९ किलोमिटर सडक वर्षातका कारण हिलाम्मे भएर दूध बोक्ने गाडी सञ्चालन नहुँदा छथर क्षेत्रका सात गाउँका व्यवसायीक कृषक दैनिक लाखौं रुपैयाँ नोक्सान व्यहोर्न बाध्य भएका हुन् । साविकका सुदाप, ओख्रे, पञ्चकन्या, हमरजुङ, आङदीम, फाक्चामारा गाविसका १ हजार ९ सय व्यवसायीक कृषकले उत्पादन गरेको दूध बजारसम्म पुर्‍याउन नसकिएको हो ।

सुनसरी र मोरङका डेरी उद्योगसम्म दुध ढुवानी गर्ने सिंधुवा शुक्रवारे सडक हिलो भएर ट्याक्टर समेत चल्न नसक्दा दैनिक १ लाख २० हजार रुपैयाँ नोक्सान व्यहोरीरहेको छथर दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस