Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपूर्व प्रधानमन्त्री माधव नेपाललाई आयोगद्वारा स्पष्टिकरण माग

पूर्व प्रधानमन्त्री माधव नेपाललाई आयोगद्वारा स्पष्टिकरण माग


निर्वाचन आयोगले एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै स्पष्टिकरण सोधेको छ ।

नेता नेपालले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई हिजो वीरगन्जमा प्रचार प्रसारमा संलग्न भएको भन्दै आयोगले स्पष्टिकरण मागेको हो । आयोगको बैठकले नेपाललाई २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । आयोगको निर्णयमा भनिएको छ– ‘निर्वाचन आचारसंहिता विपरीत पार्टीको चुनाव चिह्न अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता श्री माधवकुमार नेपाल तथा नेकपा (एमाले) लाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरे उपर कारबाही किन नगर्ने भन्ने सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’

त्यस्तै आयोगले राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहलाई पनि महोत्तरीको रामगोपालपुरमा मोटरसाइकल र्‍याली गरेको तथा सिरहा गोलबजार नगरपालिकाका मेयरका प्रत्यासी श्याम श्रेष्ठलाई पनि मोटरसाईकल र्‍याली गरेको भन्दै स्पष्टिकरण सोधेको छ । यसैबीच आयोगले राष्ट्रिय जनता पार्टीलाई राजनीतिक दलविरुद्ध लक्षित विरोध कार्यक्रम नगर्न सचेत गराएको छ । राजपा कार्यकर्ताले जनकपुर पुगेका एमाले नेता माधवकुमार नेपाल विरुद्ध लक्षित गर्दै ढुंगा प्रहार गरेको र कालो झन्डा देखाएको जानकारी आएको आयोगको विज्ञप्तीमा उल्लेख छ ।




तपाईको प्रतिक्रिया दिनुहोस