Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमाओवादी केन्द्र मधेशको सच्च मित्र : अध्यक्ष दाहाल

माओवादी केन्द्र मधेशको सच्च मित्र : अध्यक्ष दाहाल


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी मधेशको सच्चा मित्रशक्ति भएको दावी गर्नुभएको छ ।

जनकपुरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले मधेशीको पहिचान र अधिकारको पक्षमा स्थापनाकाल देखि नै लागेको माओवादीले कहिल्यै मधेसको अहित नसोचेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, धर्म निरपेक्षता लगायतका परिवर्तनको संवाहक माओवादी हो ।

जनयुद्धको क्रममा १ हजार ३ सय मधेसीले पनि सहादत प्राप्त गरेका छन् । मधेसीको पहिचान र अधिकार हाम्रो पहिलो प्राथमिकता हो ।’ आफु प्रधानमन्त्री भएको समयमा संविधान संसोधन गर्ने प्रयास गरेको र अझै पनि दुई तिहाइ पुग्ने वातावरण बने संविधान संसोधन गर्न माओवादी केन्द्र तयार रहेको अध्यक्ष दाहालको भनाई थियो ।

फरक प्रसङ्गमा उहाँले राष्ट्रिय जनता पार्टी राजपा नेपालले संविधान संसोधन विधेयकको परिणाम स्वीकार गरी निर्वाचनमा सहभागी हुनु मधेशका लागि सकारात्मक पक्ष भएको बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस