Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा करेन्ट लागेर सेनाको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा करेन्ट लागेर सेनाको मृत्यु


सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।

प्रहरी निरीक्षक ढुंगानाका अनुसार, “चौलागाईंको शव मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराई आफन्तलाई जिम्मा लगाइएको थियो ।” शव परीक्षणपश्चात् आफन्तले जिम्मा लिएपछि मेलम्चीमा दाहसंस्कार गरियो ।




तपाईको प्रतिक्रिया दिनुहोस