गृहपृष्ठ ∕ समाचार ∕ गैँडाकोट इङ्ग्लिस स्कुललाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड गैँडाकोट इङ्ग्लिस स्कुललाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड पुलेसो १४ भदौ, २०७८, सोमबार ११:०२ नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ ।ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो ।परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए । आइतबार ब्रिटिस काउन्सिल, नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले काठमाडाँै सानेपामा गरेको कार्यक्रममा विद्यालयलाई अवार्ड प्रदान गरिएको हो ।अवार्ड प्रदान गर्दै नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिजले नेपालका शैक्षिक संस्थाको शिक्षण सिकाइमा परिवर्तन ल्याउँदै अन्र्तराष्ट्रियस्तरको विद्यार्थी तयार पार्नुपर्ने बताउनुभयो ।त्यसका लागि नेपालका विद्यालय र नेपाल सरकारसँग बेलायत सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । अवार्ड घोषणा कार्यक्रममा सबै २६ विद्यालयले आआफ्नो विद्यालयबाट प्रस्तुति दिएका थिए । सो प्रस्तुतिमा पनि गैँडाकोट इङ्ग्लिस स्कुल उत्कृष्ट भएको छ ।विद्यालयका विद्यार्थीले अवार्ड वितरण कार्यक्रममा विश्वव्यापी समस्याबारे लघु नाटक प्रदर्शन गरेका थिए । विद्यालयका प्राचार्य हीराराल अर्यालले गैँडाकोट इङ्ग्लिस स्कुलले शिक्षा प्रणालीमा सुधारको आवश्यकता देखेर नै ब्रिटिस काउन्सिलसँग सहकार्य गरेको बताउनुभयो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका