गृहपृष्ठ ∕ समाचार ∕ १८ वर्षीया युवतीको पेटबाट दश किलोको ट्युमर झिकियो १८ वर्षीया युवतीको पेटबाट दश किलोको ट्युमर झिकियो पुलेसो १४ भदौ, २०७८, सोमबार १०:५७ झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको पेटभित्र रहेको ट्युमर बिनाचिरफार दूरबिन प्रविधिबाट निकालिएको हो ।गत शुक्रबार ती युवतीको पेट एक्कासी दुख्न थालेपछि उनलाई ओमसाइमा भर्ना गरिएको थियो । उनको पेट असाधारणरुपमा सुन्निएकाले शल्यक्रिया गर्न सुझाव दिएपछि चिकित्सकको टोलीले सोही दिन ट्युमर झिकेर फालिदिएको हो ।करिब दुई घण्टा लगाएर ट्युमरको सफल शल्यक्रिया गरिएको डा शशि सिंहले बताउनुभयो । उहाँका अनुसार सानो आकारको तीन वटा प्वाल बनाएर पेटभित्र रहेको ट्युमरको शल्यक्रिया गरिएको हो । शल्यक्रियामा डा सिंहसहित डा सुमन सिंह र डा मुस्कान सिंह सहभागी हुनुहुन्थ्यो। चिकित्सकका अनुसार यति ठूलो ट्युमर कमैमात्रामा हुने गरेको छ । ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र केही दिनमै घर पठाइने अस्पतालले जनाएको छ ।छोरीको उपचार सफल भएपछि आमा हृदय राजवंशीले खुशी व्यक्त गर्दै चिकित्सकको टोलीलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालमा लागेको खर्चमा केही हेरिदिन आग्रह पनि गर्नुभयो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका