Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपजेरो चढेर पढ्न जान्छन् प्रचण्डका डेढ वर्षीय नाति

पजेरो चढेर पढ्न जान्छन् प्रचण्डका डेढ वर्षीय नाति

अखिल क्रान्तिकारीको महाधिवेशनमा प्रचण्ड र जनार्दनमा कसको पल्लाभारी ?


कुनै बेला यस्तो स्थिति थियो अखिल क्रान्तिकारीको एउटा विज्ञप्तीले शैक्षिक माफिया त्राहीमाम हुन्थे । शिक्षामा सबैको समान पहुँचको नाराले गरिब बस्ती पुलकित हुन्थे । आफूलाई बाघ संगठन दाबी गर्ने अखिल क्रान्तिकारी हेर्दाहेर्दै स्यालमा परिणत भएको छ । र, नीतिको बहश छाडेर फगत भरौटे नेता उत्पादन गर्ने कारखाना भएको छ । यसको उच्चतम रुप जारी सम्मेलनमा देखिएको छ ।

अखिल क्रान्तिकारीको जारी सम्मेलनमा पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले कन्सिरी तात्ने गरी दिएको वक्तव्य बाहेक नीतिगत एजेण्डाले प्रवेश पाएको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमार्फत नेतृत्वको खोजी गर्नुपर्ने वक्तव्य दिएर क्रान्तिकारीमा तरंग पैदा गरेका छन् । सहमतिमा नेतृत्वको खोजी गर्न निर्देशन दिँदा जनार्दन शर्माका भाइ वरिष्ठम हुने र उनैको सम्भावना बढी रहने हुँदा ‘बुढा’ ले चितवनका आरसीलाई अध्यक्ष बनाउन निर्वाचनको तुरुप फ्याकेको चर्चा सम्मेलनमा सुनिने गर्दछ । आखिर क्रान्तिकारीको सम्मेलन नीतिप्रधान नहुनुमा माओवादी शीर्ष नेताहरुको हात जो छ ।

प्रसंग शुरु गरौँ प्रचण्डकै घरबाट । प्रचण्ड नेतृत्वको ‘जनयुद्ध’मा निजी शिक्षालयमाथि धावा बोलियो । सबैलाई समान शिक्षा र शिक्षामा निजी क्षेत्रको लगानीलाई निषेधको नारा घन्काइयो । कैयौँ निजी शिक्षालय बन्द गरिए । बमको निशानामा पारिए । जनयुद्धकालीन पुस्ताका हजारौँले चाहेर पनि निजी शिक्षालयमा पढ्न पाएनन् ।

अहिले प्रचण्डका डेढ वर्षीय कान्छा नाति पजेरोमा स्टेपिङ स्टोन इन्टरनेसनल प्रि स्कुल जान्छन् । भारतीय नागरिकको लगानीमा सञ्चालित सो मन्टेस्योरीले प्रचण्डको नाति आफ्नोमा पढ्ने गरेको भनेर आफ्नो ब्राण्ड सृजना गरिरहेको छ । सैद्धान्तिक विचलन यत्तिमा सीमित छैन । समान शिक्षाको कुरा घरभित्रै लागू भएको छैन । प्रचण्डका जेठा नातिको शिक्षादिक्षाको जोहो गर्न आमा सृजनालाई धौधौ परेको खबर सार्वजनिक भएकै छ । नातिको खर्च जोहो गरिदिने कुरासँग सम्बन्ध विच्छेदलाई सर्त बनाइएको छ ।

यो प्रचण्डको पारिवारिक कथामात्र होइन, माओवादी संस्कृति बन्दै गएको छ । माओवादी नेताका छोराछोरी र नातिनातिना सबै महंगा बोर्डिङमा पढ्ने गर्दछन् । तर धेरैले शुल्क मिनाहा गराएका छन् वा निजी शिक्षालयले जानीजानी शुल्क लिएका छैनन् । आफ्ना सन्तानको भविश्य सुनिश्चित गरेपछि शैक्षिक माफिया आफ्ना भएका छन् । शैक्षिक माफियाबाट संरक्षित विद्यार्थी नेताकै वर्चश्व संगठनमा बढी देखिन थालेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस