Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदीपिका-रणवीरकाे ‘ब्रेकअप’ हल्ला मात्रै

दीपिका-रणवीरकाे ‘ब्रेकअप’ हल्ला मात्रै


दीपिका पादुकोण र रणवीर सिंहले आफूहरूको ब्रेकअपको खबरलाई गम्भीरतापूर्वक लिएको देखिन्छ । यसलाई गलत सावित गर्न दुवै तम्सिएका छन् । यी स्टार कपलको विछोड हुन लागेको खबर केही दिनअघि मात्रै सुन्नमा आएको थियो । त्यो बेला उनीहरू चुप थिए ।

अब भने हल्लालाई मत्थर गर्नु ठीक लागेछ क्यारे, उनीहरूले आफ्नो इन्टिमेसी देखाइदिएका छन् । रणवीर–दीपिका सँगै बसेर हाँसोठट्टा गर्दै गरेको भिडियो अहिले बलिउडको ताजा खबर बनेर छाइरहेको छ । सोसल साइटतिर पनि भाइरल भइरहेको छ । यो जोडीको नाममा बनेको फयान क्लबले इन्स्टाग्राममा भिडियो सेयर गरेको छ ।

भिडियोमा दीपिका रणवीरको काखमा बसेकी देखिन्छिन् । रणवीर उनको कानमा केही फुसफुसाइरहेका छन्, त्यो सुनेर दीपिका खुलेर हाँसेकी छन् । दीपिकाले पनि रणवीरलाई कानमा केही भनेपछि दुवै अँगालो मारेर हाँस्छन् । उनीहरूले एक–अर्काको कम्पनी इन्जोय गरेको देखिन्छ । एक साथीको बर्थडे पार्टीको अवसरमा उनीहरू यसरी रमाएका थिए । समारोहमा दीपिकाका पूर्वप्रेमी युवराज सिंह पनि उपस्थित थिए । स्टार जोडीको त्यो भिडियो हेरेपछि उनीहरूको रिलेसनसिप स्टाटस्बारे द्विविधा समाप्त भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस