Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार२०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलको धृतराष्ट्रलार्इ

२०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलको धृतराष्ट्रलार्इ

दुर्गा बराल वात्सायनलाई जगदम्बाश्री पुरस्कार


कवि घनश्याम कँडेलको कृति धृतराष्ट्रले २०७३ सालको मदन पुरस्कार पाउने भएको छ ।

मदन पुरस्कार गुठीले आज विज्ञप्ति निकालेर यसअघि छनोटमा परेका ९ कृति मध्येबाट धृतराष्ट्रलाई मदन पुरस्कार दिने निर्णय गरेको जनाएको छ । गुठीले केही समयअघि मदन पुरस्कारका लागि सम्भावित पुस्तकहरुको सूची सार्वजनिक गरेको थियो । त्यसमा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, नवराज पराजुलीको सगरमाथाको गहिराइ, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा, सीमा आभाषको म स्त्री अर्थात् आइमाई, शरद पौडेलको तपनजउ छाङ्छाको दोहाको सिधा उडान, हरि अधिकारीको प्रतिनायक र कँडेलको धृतराष्ट्र अटाएको थियो ।

त्यस्तै गुठीले कार्टुनिस्ट दुर्गा बराल वात्सायनलाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ । दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँको छ । ती पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।




तपाईको प्रतिक्रिया दिनुहोस