गृहपृष्ठ ∕ समाचार ∕ ४२ औं जन्मदिन मनाउँदै दिपाश्री ४२ औं जन्मदिन मनाउँदै दिपाश्री पुलेसो ११ भदौ, २०७८, शुक्रबार ८:४० नेपालमा सिमित महिला छन् , जो यति धेरै चर्चित अनि त्यतिकै सफल पनि मानिन्छन् । ती मध्येकी एक चर्चित हाँस्यकलाकार तथा निर्देशक हुन दिपाश्री निरौला । रेडियो मार्फत आफ्नो जिन्दगीको करियर सुरु गरेकी उनले आज ४२ औं जन्मदिन मनाउँदै छिन्। ‘तितो सत्य’ टेलिचलचित्रबाट हाँस्य कलाकारको रुपमा आफुलाई चिनाउदै आएकी दिपाले आजको दिनसम्म आइपुग्दा आफुलाई सफल निर्देशकको रुपमा पनि स्थापित गरिसकेकी छिन्।विराटनगरमा जन्मिएकी दिपाले निर्देशन गरेको पहिलो चलचित्र ‘छक्का पन्जा’ हो। दिपा द्वारा निर्देशित पहिलो चलचित्र छक्का पंजा ले सर्वाधिक व्यापार गर्नुका साथै नेपाली चलचित्रको सुचिमा नयाँ रेकर्ड समेत कायम गरेको थियो। पहिलो चलचित्र निर्देशन गरेर अत्यधिक चर्चा कमाएपछि उनी यतिवेला दोश्रो चलचित्र छक्का पंजा २ को निर्देशनमा व्यस्त रहेकी छिन्। दिपाले निर्देशन गरेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’ असोज ११ गतेबाट अल नेपाल रिलिज हुँदैछ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका