Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जाँदै

एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जाँदै


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै हुनुहुन्छ । थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उहाँले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानु हुनेछ । यही भदौं १४ गते उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताउनुभयो ।

नियमित स्वास्थ्य उपचारका लागि उहाँ ६,६ महिनामा बैंकक जाने गर्नुभएको छ । यसअघि जेठमा उहाँ उपचारका लागि बैंकक जानुभएको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस