Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयस्ताे छः नेपाल र भारतबीच भएको आठ बुँदे समझदारी पत्र

यस्ताे छः नेपाल र भारतबीच भएको आठ बुँदे समझदारी पत्र


नेपाल र भारतबीच आठ बुदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो ।

पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ । भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोगबारे छ भने अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ ।

चार समझदारी २५० विलियन अर्थात २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए । नेपाल र भारतबीच मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

त्यसैगरी अन्य तीनवटामा मेची नदीमा पुल निर्माण, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ ।

यस अघि हैदराबाद हाउसमा देउवा र मोदीबीच झण्डै ३० मिनेट वान टु वान कुराकानी भएको थियो । ११ बजेदेखि १२ बजेसम्म करिव एक घण्टा प्रधानमन्त्री देउवा र मोदीबीच एक्ला एक्लै भेटवार्ता भएको थियो भने त्यसपछि करिव साढे १ बजेसम्म करिव डेढ घण्टा प्रधानमन्त्रीहरुको नेतृत्वमा दुई पक्षीय भ्रमण दलको औपचारिक बैठक भएको थियो ।

बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको भेटपछि नेपाली र भारतीय पक्षबीचको औपचारिक भेटावार्ता सुरु भएको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस