Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रधानमन्त्री देउवा दिल्लीमा, भारतीय विदेशमन्त्री स्वराजले गरिन् विमानस्थलमा स्वागत

प्रधानमन्त्री देउवा दिल्लीमा, भारतीय विदेशमन्त्री स्वराजले गरिन् विमानस्थलमा स्वागत


प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँ दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री देउवा पत्नी आरजू देउवा सहित ५० सदस्यीय दलका साथ दिल्ली आइपुगेका हुन्।

बिहान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवालाइ विमानस्थलमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी छन्। प्रधानमन्त्री देउवालाइ भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय, उपप्रमुख भरत रेग्मी लगायतले स्वागत गरेका थिए।

प्रधानमन्त्रीको पहिलो दिनको कार्यक्रममा दिउसो भारतस्थित नेपाली दूताबास परिसरमा प्रवासी नेपालीहरुलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही अवसरमा भारतमा रहेका प्रवासी नेपालीहरुका तर्फबाट ज्ञापन पत्र बुझाउने तयारी रहेको छ। त्यस्तै साँझ प्रधानमन्त्री भ्रमणको अवसर पारेर एशोसिएटेड चेम्बर अफ कर्मश एण्ड इण्डस्टी अफ इण्डिया(एशोच्याम) ले मुख्य आयोजनामा गर्न लागेको अन्तक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ।

राजकीय सम्मानका साथ प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजू देउवालाइ राष्टपति रामनाथ कोविंदको विशेष आतिथीका रुपमा राष्टपति भवनमा राखिनेछ। यस अघि भारत भ्रमणमा आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्री के.पी. शर्मा ओलीलाइ पनि स्वराजले नै स्वागत गरेकी थिइन्।

भर्खरै गत अप्रिलमा पछिल्लो उच्च राजनीतिक भ्रमणमा भारत आएकी राष्टपति विद्यादेवी भण्डारीलाइ भने महिला तथा बालविकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी थिइन्। प्रोटोकल अनुसार भारत सरकारको राज्यमन्त्री सरहका व्यक्तिले विशेष अतिथीलाइ स्वागत गर्ने परम्परा रहि आएको छ। विशेष परिस्थितिमा यस्तो प्रोटोकललाइ तोडदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै स्वागत गरेको उदाहरण पनि छ।

पछिल्लो समय भारत भ्रमणमा आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाइ मोदीले एयरपोर्टमा स्वागत गरेका थिए। दिल्लीमा भारत सरकारका शीर्ष मन्त्रीहरूले देउवालाई राष्ट्रपति भवनमा गएर शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री भ्रमणको दोश्रो दिन उच्च राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ। गार्ड अफ अनर,महात्मा गान्धीको समाधिस्थल राजघाट , विदेशमन्त्री सुषमा स्वराजले भेट गर्ने कार्यक्रम रहेको छ भने त्यस पश्चात हैदराबाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्ने कार्यक्रम रहेको छ। वान टु वान टक, भ्रमण दलका अधिकारी लगायत संझौताहरु साटासाटका साथै संयुक्त वक्तब्य जारी गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि वित्त मन्त्री अरुण जेटली, गृहमन्त्री राजनाथ सिंहले भेटवार्ता गर्ने कार्यक्रम छ। भने राष्टपति रामनाथ कोविंद तथा उपराष्टपति बैकेया नायडुसँग प्रधानमन्त्रीले भेट गर्ने कार्यक्रम रहेको छ। तेश्रो र चौथो दिन प्रधानमन्त्री देउवा हैदरावाद र विहारको गया जाने कार्यक्रम रहेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस