Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपाल स्काउटमा नयाँ कार्यसमिति

नेपाल स्काउटमा नयाँ कार्यसमिति


सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ । कौशिक यसअघि धनुषा जिल्ला स्काउटको जिल्ला आयुक्त हुनुहुन्थ्यो ।

युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्रकुमार केसीको अध्यक्षतामा मंगलबार बसेको बैैठकले नयाँ तदर्थ समिति गठन गरी ऐन र नियमावलीअनुसार नयाँ राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समिति गठन गर्ने जिम्मेवारी तोकेको छ ।

तदर्थ समितिले एक वर्षभित्र राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउनुपर्नेछ । तदर्थ समितिमा झापाका शिव पौडेल, सुर्खेतका पार्वती गिरी, भक्तपुरका पुण्यराम गोथे, ललितपुरका केशव महर्जन, काठमाडौँका दीपेश केसी, जयराम कार्की र गौतम अधिकारी, सिन्धुपाल्चोकका देवदूत अधिकारी, चितवनका मनोजजङ्ग रायमाझी, प्यूठानका रामप्रसाद शर्मा, धनुषाका रामकुमार भण्डारी र कास्कीका गोमा घिमिरे पौडेल हुनुहुन्छ ।

समितिको सल्लाहकारमा काठमाडौँका डा रवीन्द्रप्रसाद पाण्डे हुनुहुन्छ । उहाँहरुले आज नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा पदबहाली गर्नुभएको छ । यसअघि रबिन दाहालको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले समयमा निर्वाचन गराउन नसकेको आरोप छ ।




तपाईको प्रतिक्रिया दिनुहोस