Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रधानमन्त्री देउवा ५ दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री देउवा ५ दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्रीको भ्रमण टोलीमा एमालेका दुई सांसद


प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा नेपाल वायुसेवा निगमको उडानमार्फत बुधबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा देउवा भारत भ्रमणमा निस्केका हुन् । देउवाको यो भ्रमण प्रधानमन्त्री भएपछिको पहिलो हो । भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

भारत प्रस्थान गर्नुअघि देउवालाई बिदाइ गर्न सभामुख अाेनसरी घर्ती,  सरकारका मन्त्री, सरकारी अधिकारीहरुलगायत विमानस्थल पुगेका थिए ।

भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।

अाजै साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने  छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा एमालेका दुई सांसद

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा १४ सांसद पनि परेका छन् । यो टोलीमा प्रमुख विपक्षी दल नेकपा एमालेका दुई सांसद पनि छन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण टोलीमा एमालेबाट सांसद भूपेन्द्र थेबे र सीता गिरी वली परेका छन् । ‘पार्टीले संस्थागत रुपमा नै पठाएका हौं’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अनलाइनअबरसँग भने, ‘५ गते संसदमा भेट्दा नाम पठाइदिनुपर्‍यो  भनेपछि हामीले उहाँहरुलाई पठाएका हौं ।’

भ्रमण टोलीमा माओवादीबाट अजयशंकर नायक, संघीय समाजवादी फोरमबाट अजयशंकर नायक, फोरम लोकतान्त्रिकबाट पवनकुमार शारदा र नेकपा संयुक्तबाट जयदेव जोशी छन् ।

बाँकी ८ सांसद भने सत्तारुढ कांग्रेसका छन् । कांग्रेसबाट ईश्वरी न्यौपाने, अनिलकुमार रंगाटा, एनपी साउद, उमेश श्रेष्ठ, रञ्जित कर्ण, सीतराम भण्डारी र रश्मी ठाकुर छन् ।

भ्रमण टोलीमा सहभागी सबै सांसदलाई होटल ताजमानसिंहमा बस्ने व्यवस्था मिलाइएको छ ।

 




तपाईको प्रतिक्रिया दिनुहोस