गृहपृष्ठ ∕ समाचार ∕ २४ घण्टामा थप १ हजार १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि २४ घण्टामा थप १ हजार १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि पुलेसो ४ असोज, २०७८, सोमबार १६:४३ काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १७० जनामा कोरोनाभाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न प्रयोगशालामा २४ घण्टामा १०,८७८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।यससँगै देशभर कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ३६० पुगेको छ। तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिकोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन…काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि धेरै पढिएका