Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ५९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि


काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा दश हजार १७६ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर  १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस