गृहपृष्ठ ∕ समाचार ∕ २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि पुलेसो ३ असोज, २०७८, आईतबार १६:४० काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३९ जनामा कोरोनाभाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ ।यससँगै देशभर कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।देशभरका विभिन्न प्रयोगशालामा ९ हजार १६५ पीसीआर परीक्षण गरिएकोमा १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका