गृहपृष्ठ ∕
समाचार ∕
अध्यागमनबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानी सेवा पुन: सञ्चालन अध्यागमनबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानी सेवा पुन: सञ्चालन
पुलेसो ३ असोज, २०७८, आईतबार १५:३६
काठमाडौं – अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुन: सञ्चालन भएको छ।
विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि सुरु भएको हो।राहदानी सेवा पुन: सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा नि:शुल्क राहदानी प्रदान गरिने जनाइएको छ।
विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट नि:शुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।उनका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशी मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको छ ।
पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क र विलम्ब शुल्क नलिई नि:शुल्क राहदानी नवीकरण हुने उनले जानकारी दिए।उनका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका पर्यटकले पाँच महिनाका अवधिसम्म गत चैत ८ देखि साउन ३० गतेसम्म १५० दिन नि:शुल्क राहदानी बसे तापनि साउन ३० गतेपछि मङ्सिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन्।
अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ।अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जानकारी दिए।
उनका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनस् सञ्चालन भएसँगै केही कर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको छ।(रासस)