गृहपृष्ठ ∕
राजनिति ∕
बिपी जयन्तीको अवसरमा महिला स्वास्थ्य स्वंसेविकाहरुलाई मास्क वितरण बिपी जयन्तीको अवसरमा महिला स्वास्थ्य स्वंसेविकाहरुलाई मास्क वितरण
पुलेसो ३० भदौ, २०७८, बुधबार १४:३८
धनगढी – महामानव विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस कैलालीले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई एन नाईनटिन मास्क वितरण गरेको छ ।
कोरोना महामारीको जोखिमका कारण औपचारीक कार्यक्रम गर्न नसकिने भएकाले नेपाली कांग्रेस कैलालीले धनगढी उप–महानगरपालिकामा रहेका २ सय १४ जना महिला स्वास्थ्य स्वसं सेविकाहरुलाई मास्क वितरण गरेको पार्टी समापती नरनारायण शाह ‘मनु’ ले बताए । उनले भने, यसले जोखिमका बिच काम गरिरहेका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई थोरै भए पनि राहत पुग्नेछ ।
कोरोनाको सबैतिर जोखिम रहेको छ पार्टी सभापती शाहले भने, ‘अप्ठेरोमा परेकाहरुलाई स्वस्थ्यका मापदण्डहरु पुरा गर्दै सहयोग गर्न सबै नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दछौं ।’ यसैबिच पार्टी सभापती शाहले बिपीले प्रजातन्त्र प्राप्तीका लागि खेलेको भूमिका स्मरण गराएका थिए । ‘
बिपीले १९९७ सालको राणाबिरोधी आन्दोलन र प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहे पार्टी सभापती शाहले भने, ‘ विसं २०१५ सालमा गरिब जनतालाई नै सार्वभौम बनाउने अभियान सहित नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे ।
‘बिपीको विचारबाट सशंकित भई राजा महेन्द्रले विसं २०१७ सालमा बिपीलाई पदच्युत गराई नेपालमा पञ्चायत बहाली थिए उनले भने, बिपी कोइराला न राजासँग डराए न पञ्चायत तर निरन्तर जनताको पक्षमा वकालत गरिरहे ।’‘बिपी बाबु एउटा राज नेता मात्रै नभएर महान विचारक पनि थिए सभापती शाहले भने,‘ बिपीले मान्छेको मस्तिष्कले स्वतन्त्र वातावरणमा मात्र काम गर्न सक्ने र मस्तिष्कको खोजको परिणाम यदाकदा जादुमय आविष्कारका रुपमा संसारले प्रतिफल लिन पाउनेकुरा राम्ररी बुझेका थिए । त्यसैले उनी भन्थे ‘मानिस ब्रेडले होइन ब्रेनले सञ्चालित हुन्छ’ ।
‘प्रजातान्त्रिक समाजवाद’ लाई व्याख्या गर्ने क्रममा बिपी कोइरालाले भन्ने गरेको कुरालाई स्मरण गराउदै सभापती शाहले भने, ‘साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादमा प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ ।’
धनगढी उप–महानगरपालिका नगरसमितिका सभापती तथा नगरप्रमुख नृपबहादुर वडले बिपी स्मृती दिवसको अवसरमा धनगढी उप–महानगरपालिकाका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई मास्क वितरण गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीलाई धन्यवाद दिए ।