Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनसाम्राज्ञी र आनासँग फिल्म गर्दै मनिष

साम्राज्ञी र आनासँग फिल्म गर्दै मनिष


काठमाण्डौ – फिल्म ‘प्रेमगीत ३’ डेब्यू अभिनेता मनिष राउतले अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मासँग काम गर्ने भएका छन् ।

मनिषले आफ्नो पहिलो फिल्म रिलीज नहुँदै अर्को फिल्ममा काम गर्न लागेका हुन् । ‘प्रेम गीत ३’मा नायक प्रदीप खड्कासँग काम गरेका मनिषले आगामी चलचित्रमा प्रमूख भूमिका निभाउँदै छन् । तीनै कलाकारसँग बिहिबार सम्झौता भएको छ ।सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा मनिष, साम्राज्ञी र आनाको अभिनय एकसाथ हेर्दा रोचक हुने अनुमान गरिएको छ ।

फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्नेछन् । पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन् । फाइनल स्क्रिप्टमा काम भईरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।‘यूवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने, ‘’कमिङ् एज’ को कथामा हामीले दुई बर्ष देखी काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ ।

कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ’ ।डक्टर डेनिम’को प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् भने सह निर्माता करन साउद हुन् ।




तपाईको प्रतिक्रिया दिनुहोस