Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७इन्टरनेसनल स्कूलका भूपू विद्यार्थीले गरे क्वारेन्टीनमा सहयोग

इन्टरनेसनल स्कूलका भूपू विद्यार्थीले गरे क्वारेन्टीनमा सहयोग


कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक स्कूलका भूतपूर्व विद्यार्थीको संगठनले विभिन्न क्वारेन्टीनमा सहयोग गरेका छन्।

२०५९ सालमा एस.एल.सी.गरेका विद्यार्थी संगठनको सक्रियतामा संकलित सहयोग रकमबाट भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न क्वारेन्टीनमा मास्क, स्टानिटाइजर, पानी, फलफूल, चाउचाउ  सहयोग गरेका हुन्।

भीमदत्त नगरपालिका–१५ लक्ष्मी मा वि र वडा नम्बर ४ स्थित बैजनाथ मा विमा ४२ जनालाई सहयोग वितरण गरिएको इन्टरनेसनलका भूपू विद्यार्थी प्रमोद श्रेष्ठले बताए ।उनले भने, यसअघि असारमा समेत हामीले सहयोग गरेका थियौं र अझै सहयोगलाई निरन्तरता दिनेछौ ।क्वारेन्टीनमा नगरपालिकाका १८, ४, १०, १९, ३, ६, ७ र १५ नम्बर वडाका व्यक्तिहरू रहेका श्रेष्ठले बताए । उनका अनुसार भूपू विद्यार्थी संगठनमा आवद्ध स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरूले सहयोग गरेका छन् ।

क्वारेन्टीनमा सहयोगका लागि भूपू विद्यार्थी आफूसहित गणेश कठायत, हरेन्द्र सिलाल प्रज्वल स्वार, प्रवेश स्वार, देवराज सावद,भरत कठायत, इन्द्रमणि भण्डारी, लविश चन्द, बिना जोशी चन्द, कल्पना भण्डारी, आनन्द सापकोटा, पारस जोशी, भुवन सिंह, पुष्कर पालले आर्थिक सहयोग गरेको श्रेष्ठले बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस