Techie IT
×
२१ साउन, २०७७, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरउपत्यकामा ४२ सहित थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा ४२ सहित थप ११८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ –  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२ सहित थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।

योसहित कोरोना संक्रमितको कूल संख्या ८ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।यसैगरी आज थप १२० जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या आठ हजार ११ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालाबाट चार हजार ८०६ जनाको पीसीआर परीक्षण भएकाे छ । देशभरका क्वारेन्टाइनमा २३ हजार ९१० जना रहेका छन् भने आइसोलेसनमा आठ हजार ६०३ जना रहेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस