Techie IT
×
२१ साउन, २०७७, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरगाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं : सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल

गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं : सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल


काठमाडौं –  यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने सरकारलाई बुझाउने चाबी बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँचबुँदे माग प्रस्तुत गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ । महासंघका अध्यक्ष होमप्रसादअधिकारीले सरकारले पूर्व तयारी विना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताए । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने, हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं । आफूहरुको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न नसकिने बताए ।

अधिकारीले भने ,सरकारलाई सार्वजनिक  यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस् । राष्ट्रियकरण गर्दा आफूहरुले यातायातको लागत मुल्य पाउनु पर्ने बताए । सरकारले आफूहरुलाई कर्जा एक वर्ष पछि तिर्न मिल्ने बनाउन भन्दा पनि बेवास्ता भएको भन्दै अब कुनै हालतमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए ।

सरकारले एकपछि अर्को निजी क्षेत्रलाई समाप्त पार्न लागि परेको उनको आरोप थियो । सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै अहिले ती संस्थाहरु जग्गाविक्री गरेर खाने भाँडो बनेको बताए । निजी क्षेत्रको यातायात क्षेत्रमा ९९ प्रतिशत योगदान रहेको भन्दै यसलाई पनि ध्वस्त पारेर मुलुकलाई दुर्घटनातर्फ धकेल्ने काम भएको बताए । यातायात व्यवसायी चार महिना यता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताए । उनले यातायात मजदुरलाई तलब दिनका लागि भए पनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गरेका छन्।

कार्यक्रममा महासंघका महासचिव भरत नेपालले सरकारले यातायात व्यवसायीहरुसँग कुनै संवाद नगरी एकपक्षीय निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा आपत्ती जनाए । उनले यातायात व्यवसायीको तत्कालको मागबारे जानकारी गराए । महासंघका महासचिव नेपालले पाँचबुँदे मागबारे जानकारी गराएका थिए । जसमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागजपत्र, कर राजश्वमा बन्दाबन्दीअवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजन लगायत छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले यातायात व्यवसायी ठुलो मारमा परेको बताए । यस्तै अवस्था भए यातायात क्षेत्रको असरले देशको अन्य क्षेत्रमा पनि असर पर्ने औल्याए ।




तपाईको प्रतिक्रिया दिनुहोस