Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारथप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि


काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नयाँ संक्रमितमा ७१ महिला र २४५ पुरुष रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । योसँगै कोरोना निको हुनेको कूल संख्या ३ हजार १९४ जना पुगेको छ ।जसमा २७७ महिला र २९१७ पुरूष निकाे भएका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस