Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७स्थानीयतहको राजश्व सम्वन्धी छलफल सम्पन्न

स्थानीयतहको राजश्व सम्वन्धी छलफल सम्पन्न


धनगढी – धनगढी उप–महानगरपालिका राजश्व शाखाको आयोजनामा स्थानीयतहको राजश्व सम्वन्धी छलफल  सम्पन्न भएको छ ।

छलफलमा नगरप्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट लगायत राजश्व परामर्श समितिका पदाधीकारी, वडा अध्यक्ष र नगरसभा सदस्य, राजश्वका कर्मचारीहरुको सहभागिता रहेको राजश्व शाखा प्रमुख लेखनाथ ओझाले बताए ।

राजश्व शाखा प्रमुख ओझाले कोरोना महामारी र त्यसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण स्थानीयतहको राजश्वमा ठूलो गिरावट आएको बताए । त्यसैले स्थानीयतहको राजश्व र आर्थिक ऐनका बिषयमा पनि छलफल भएको हो । छलफलमा स्थानीयतहको राजश्व सम्वन्धी विज्ञ डाक्टर नारायण बास्कोटाले सहजीकरण गरेका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस