Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७युवा नेता सरलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

युवा नेता सरलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


कञ्चनपुर – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेता एव सुदूरपश्चिम प्रदेशका सदस्य ओम विक्रम भाट(सरल)ले कञ्चनपुरका तीन स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेका छन् ।

कोभिड–१९ को रोकथाम एव नियन्त्रणका लागि भन्दै नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सरलले बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेका हुन् । नेकपा बेदकोट नगर कमिटि अध्यक्ष लाल बहादुर परियारले नेकपा सुप कमिटि प्रदेश सदस्य सरलले तीनै स्थानीय तहलाई दिने भनिएका स्वाथ्य सुरक्षा समाग्री सम्बन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको बताए ।

उनका अनुसार व्यक्तिगत सुरक्षा समाग्री (पिपिई)मास्क, सेनिटाईजर, एम नाईटीफाईभ मास्क, पञ्जा लगायतका स्वास्थ्य सुरक्षा समाग्री दिएको छ । ‘तीनै नगरपालिका प्रमुखलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छौँ, ‘उनले भने, ‘यसबाट केही न केही राहत पुग्छ ।’

कञ्चनपुर संघीय निर्वाचन क्षेत्र नम्बर २ का संयोजक रण बहादुर महरा, सचिव चन्द्रकान्त भट्ट(सिके), बेदकोट अध्यक्ष लाल ब. परियार, शुक्लाफाँटा नगर अध्यक्ष झक्तराज जोशी, युवा संघका नेता केपी कलौनी लगायत निर्वाचन क्षेत्र नम्बर २ का नेकपा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यस अघि पनि नेकपाका युवा नेता सरलले तीनै स्थानीय तहलाई खाद्यान्न सहयोग गरेका थिए । कहिले खाद्यान्न कहिले स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको भन्दै स्थानीय जनप्रतिनिधीले नेकपा युवा नेता सरलप्रति आभार प्रकट गरेका छन् । विपद्का बेला सहयोग गरेको भन्दै आभार प्रकट गरेका हुन् । उतिबेलै पनि नेकपा युवा नेता सरलले खाद्यान्न पठाउँदै पछि पछि सहयोग गर्ने बाचा गरेका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस